पिंगलास्थानको होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

फरार रहेका थापा मंसिर ३० गतेमात्रै जापानबाट काठमाडौं आएका थिए


२० पुस, काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् ।

गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् ।प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘सुस्मिताको मृत्यु भएपछि थापाले बाहिरबाट चाबी लगाएर भागेको देखिएको छ । तर, युवतीको बाहिरी चोट नदेखिकाले मृत्यु कसरी भएको खुलेको छैन ।’’

ती अधिकारीका अनुसार, सुस्मिताको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । पोस्टमार्टम रिपोर्टपछि थप खुल्ने प्रहरीको अपेक्षा छ ।

२२ वर्षीया खड्काको शव बुधबार फेला परेको थियो । थापा र सुस्मिता पुस १६ गते (मंगलबार) कोठामा बस्न पुगेको खुलेको छ । फरार रहेका थापा मंसिर ३० गतेमात्रै जापानबाट काठमाडौं आएका थिए । उनी बिहीबार फर्किने तयारीमा थिए ।

ओखलढुंगा डिएसपी कृष्ण खड्काले त्यसपछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको मृत अवस्थामा भेटिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *