स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण :पक्राउ परेका २ जना धरौटीमा रिहा

सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा


२४ पुस, काठमाडौं । काठमाडौं कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जना धरौटीमा रिहा भएका छन् ।

मंगलबार काठमाडौं जिल्ला अदालतको आदेश अनुसार दुई जना रिहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए । उनका अनुसार सहकारीको लेखा समिति सदस्य सुनिता नेवा चार लाख र सञ्चालक समिति सदस्य कमल लामा तीन लाख धरौटी बुझाएर रिहा भएका हुन ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डयेको इजलासले मंगलबार उनीहरुलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

आइतबार ३९ जनालाई प्रतिवादी बनाउँदै सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *