सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

उनीहरूबीच संयुक्त समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्


२५ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच भेटवार्ता भएको छ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहितका नेताहरूबीच भेटवार्ता भएको हो ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु, उपमहासचिव वर्षमान पुन, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरूबीच छलफल भएको हो।

उनीहरूबीच संयुक्त समाजवादी मोर्चालगायतका विषयमा छलफल भएको नेताहरूले जनाएका छन्। पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *