काठमाडौं आउँदै रवि, आजै अदालत उपस्थित हुने

कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ


२६ पुस, काठमाडौं । कास्की जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पोखराबाट काठमाडौं आउने तयारीमा छन् ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की अदालतले लामिछानेलाई बिहीबार ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

रास्वपाका एक नेताका अनुसार लामिछाने आजै काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका छन् ।

लामिछानेविरुद्ध काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ । लामिछाने र पूर्वडीआईजी छविलाल जोशीसहित ३९ जनालाई प्रतिवादी कायम गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *