करेन्ट लागेर एक जनाको मृत्यु

३३ वर्षीय रामचन्द्र तामाङको शनिबार साँझ मृत्यु


२८ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको विद्युतको पोलमा चुडीएको तार फेर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

बाह्रबिसे नगरपालिका–३ खुर्सानिबारीस्थित नेपाल विद्युत प्राधिकरणको विद्युतको पोलमा चुडीएको तार फेर्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका–४ बस्ने मकवानपुर थाहा नगरपालिका–७ पालुङ घर भएका ३३ वर्षीय रामचन्द्र तामाङको शनिबार साँझ मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *