कैलालीमा जुवा खालबाट ११ जना पक्राउ

डीएसपी बोहराका अनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद


९ पुस, काठमाडौं । कैलालीमा जुवाको खालबाट ११ जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा गएराति २ बजे बर्दगोरिया गाउँपालिका–३ स्थित जीवन खत्रीको घरमा छापा हानेर प्रहरीले जुवा खेलिरहेका उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जुवातास खेलेको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । त्यसक्रममा जुवा खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका(३ का तपेन्द्र खड्का, विनोद अधिकारी, सुरज ओली, सु सुर्खेतको चौकुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका–२ का कटक थापा, बर्दगोरिया–१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

डीएसपी बोहराका अनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *