मधेश केन्द्रित दलको बैठकमा उपेन्द्र यादवको पार्टी सहभागी भएन
आज मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक बोलाइएको थियो
१ माघ, काठमाडौं । धुम्बाराहीमा जारी मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए ।
आज मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक बोलाइएको थियो ।
बैठकमा जसपा, लोसपा, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, लमलोपा लगायतका दलका नेताहरु सहभागी भएका छन् । मधेस केन्द्रित दलका नेताहरु हृदयश त्रिपाठी, रेणु यादव, शरद यादव, डा।शिवजी यादव, केशव झा लगायतका नेता उपस्थित छन् । बैठकमा स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भएका छन् ।