दक्षिण कोरियाका निलम्बित राष्ट्रपति पक्राउ

बुधबार पनि समर्थकहरूले युनलाई पक्राउ पर्नबाट जोगाउने प्रयास गरेका थिए


दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक यओल पक्राउ परेका छन्। युनलाई बुधबार बिहान सुरक्षाकर्मी र भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीहरूले राजधानी सोलस्थित निवासबाट पक्राउ गरेको छ ।

यसअघि पनि उनलाई पक्राउ गर्ने प्रयास भए पनि राष्ट्रपति सुरक्षा दलले त्यसलाई असफल पारेको थियो । तर अहिले दोस्रो पटकको प्रयासमा अधिक बल प्रयोग गरी उनलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

बुधबार पनि समर्थकहरूले युनलाई पक्राउ पर्नबाट जोगाउने प्रयास गरेका थिए । भ्रष्टाचार अनुसन्धान कार्यालयले सोधपुछका लागि पटक-पटक बोलाउँदा उपस्थित नभएपछि युनविरूद्ध पश्चिमी सोल जिल्ला अदालतबाट पक्राउको अनुमति लिएको थियो । पक्राउपछि उनलाई भ्रष्टाचार अनुसन्धान कार्यालयका अधिकारीहरूले सोधपुछ गरिरहेका बीबीसीले जनाएको छ ।

डिसेम्बर ३ मा युनले अप्रत्यासित रूपमा मार्सल ल लागू गरेपछि उनलाई संसदले निलम्बन गरेको हो । उक्त कदमपछि विपक्षी दलले दर्ता गराएको महाभियोग प्रस्तावमा उनको आफ्नै पार्टीका सांसदहरूले पनि मतदान गरेका थिए । उनको महाभियोगबारे अन्तिम निर्णय संवैधानिक अदालतले गर्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *