थुनामुक्त भएपछि रविको प्रतिक्रिया- न्यायलयलाई विशेष धन्यवाद, यो देशमा न्याय मरेको छैन

अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु


२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन् । जिल्ला अदालत काठमाडौंमा ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएपछि लामिछानेले अदातलप्रति सम्मान व्यक्त गरे ।

लामिछानेले रिहा भएलगत्तै भने, ‘सबै जनालाई धेरै धेरै धन्यवाद । न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु । न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु । न्यायलयलाई विशेष धन्यवाद दिन चाहन्छु । यो देशमा न्याय मरेको छैन ।’

सभापति रवि लामिछानेलाई सहकारीको रकम अपलचन गरेको आरोपमा २ कात्तिकमा प्रहरीले पक्राउ गरेको थिए भने जिल्ला अदालत कास्कीले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छोडेको थियो ।

आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानको थुनछेक बहस आज सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *