बढ्यो नेप्से, १० अर्ब ३२ करोडको कारोबार


२९ कात्तिक, काठमाडौं । आज बिहीबार १३.९५ अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । आज सेयर बजारमा १० अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो भने अघिल्लो दिन ७ अर्ब ९१ करोडको कारोबार भएको थियो ।
आज १५९ कम्पनीको मूल्य बढ्दा ७९ को घट्यो भने ६ को स्थिर रह्यो ।यस दिन हाइड्रोपावर समूह सबैभन्दा धेरै १.३४ प्रतिशत बढ्यो भने रावा इनर्जीको मूल्य सबैभन्दा धेरै ९.१२ प्रतिशत घट्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *