तत्काल हिउँदे अधिवेशन नबोलाए विशेष अधिवेशन माग गर्छौं- विपक्षी दल(वक्तव्यसहित)

दाहालले संसद छलेर अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि नसच्याए कडा संघर्षमा उत्रिने चेतावनी दिए


४ माघ, काठमाडौं । विपक्षी दलहरूले संसद बैठक बोलाउन सरकारलाई आह्वान गरेको छ। प्रमुख प्रतिपक्षी दलहरूले तत्काल संसद्को हिउँदे अधिवेशनको प्रक्रिया थालनी गर्न आग्रह गरेको छ । सरकारले तत्काल अधिवेशन नबोलाए आफूहरू विशेष अधिवेशन माग गर्ने जानकारी पनि विपक्षी दलहरूले गराएका छन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संसद छलेर अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै त्यस्ता गतिविधि नसच्याए कडा संघर्षमा उत्रिने चेतावनी दिए।

‘संसदीय प्रणालीमा बहुमतले अल्पमतको कदर गर्नुपर्छ। सरकार टिकाउन बहुमत छ भन्दै राज्यका निकायहरूलाई आफू अनुकूल दुरूपयोग गर्ने, संसद छल्ने र राजनीतिक निर्णय तथा काम कारवाहीहरू पूर्वाग्रही ढङ्गले गर्दै जाने प्रवृत्तिले अन्ततः लोकतन्त्र र विधिको शासनमाथि नै संकट ल्याउने हाम्रो ठहर छ। तसर्थ, हामी प्रतिपक्षी राजनीतिक दलहरु संसदको मर्यादा र गरिमाको सम्मान गर्दै तत्काल संसदको हिउँदे अधिवेशन आह्वान गर्न सरकारसमक्ष माग गर्दछौं ।सरकारले तत्काल हिउँदे अधिवेशन आह्वानको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने जानकारी दिदै स्वेच्छाचारी र जनविरोधी काम निरन्तर जारी राखेमा हामी कडा संघर्षमा उत्रिने चेतावनी समेत दिन चाहन्छौं, ’ वक्तव्यमा भनिएको छ।

null

null

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *