नेपाल प्रहरीको प्रवक्तामा डीआईजी आचार्य चयन

शुक्रबारबाट महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो


४ माघ, काठमाडौं । नेपाल प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक (डीआईजी) दिनेश कुमार आचार्य चयन भएका छन् ।

शुक्रबारबाट महानिरीक्षकको सचिवालयमा कार्यरत आचार्यलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

‘नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ताको जिम्मेवारी तोकिएको प्रहरीले जनाएको छ ।
यसअघि एसएसपी विश्व अधिकारी प्रवक्ताको जिम्मेवारीमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *