स्रोत नखुलेको १५ लाख ७० हजार रुपैयाँसहित एक जना पक्राउ

साइकलमा बर्रोहियादेखि तौलिहवा जाँदै गर्दा बाटोमा रोकेर मिश्रलाई चेक जाँच गर्दा उनले बोकेको कालो झोलामा सो रकम बरामद


५ माघ, काठमाडौं । स्रोत नखुलेको १५ लाख ७० हजार नगद नेपाली रुपैयाँसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मायादेवी गाउँ पालिका वडा नं. ७ वसन्तपुर बस्नेत ३० वर्षीय निरज कुमार मिश्र रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले स्रोत नखुलेको रकम भएका कारण बरामद गरिएको १५ लाख ७० हजारसहित मिश्रलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको  बताए । साइकलमा बर्रोहियादेखि तौलिहवा जाँदै गर्दा बाटोमा रोकेर मिश्रलाई चेक जाँच गर्दा उनले बोकेको कालो झोलामा सो रकम बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मिश्रलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को क बमोजिम हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूर मुद्धामा थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *