चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको


७ माघ, काठमाडौं । बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने  प्रहरी सहायक निरीक्षक (असइ) बुद्धिबहादुर भुजेल निलम्बित भएका छन् । सो भिडियो चितवनको भरतपुर महानगरपालिकाको रहेको छ । चितवन प्रहरी प्रमुख गौतम मिश्रले घटनामा संलग्न भुजेललाई निलम्बन गरिएको बताए।

‘माथिको पावर देखाएको’ भन्दै गस्तीमा खटिएका प्रहरीले ती युवकलाई मरणासान्न हुनेगरी बुटैबुटले कुटेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पदीय मर्यादा र आचारण विपरीतका क्रियाकलाप गर्ने प्रहरीलाई कारबाहीको दायरामा ल्याउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *