चितवनको देवघाट पुगे प्रचण्ड
उनी आज बिहानै देवघाट पुगेर योगी नरहरिनाथको तपस्थली अवलोकन गरेका हुन्

८ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवनको देवघाट पुगेका छन् ।
उनी आज बिहानै देवघाट पुगेर योगी नरहरिनाथको तपस्थली अवलोकन गरेका हुन् । योगी नरहरिनाथवेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराण जस्ता अति गहन विषयहरूका ज्ञाता, प्रकान्ड विद्वान् एवं आजीवन अन्वेषकका रूपमा चिनिन्छन् ।
संस्कृत, हिन्दी र नेपाली भाषामा रचित योगी नरहरिनाथका कृतिहरू प्रकाशित छन् भने धेरैजसो अप्रकाशित छन् । उनले यो कुटीमा बसेर पनि केही रचना गरेको पढ्न पाइन्छ ।
सोमबार प्रचण्ड गोरखा पुगेका थिए । उनी त्यहाँबाट फर्किने क्रममा बिहानै देवघाट पुगेका हुन् ।