स्कूल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

ठक्कर दिने बस र त्यसका चालक देवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको


८ माघ, काठमाडौं । वीरगन्जमा स्कुल बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।

राको फेटा गाँउपालिका–५ का ४५ वर्षीय चोकट भन्ने तैमुदिन मियाँको बोखार चोकको पूर्व बाइपास सडकमा मंगलबार बा बिहान १०।३० बजेतिर तेज एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई नारायणी अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईले जानकारीले दिए । ठक्कर दिने बस र त्यसका चालक देवा पासवानलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *