दार्चुलामा जिप दुर्घटनाः ८ जनाको मृत्यु


३० कात्तिक, काठमाण्डौ । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका ६ को बकजेबलामा भएको जिप दुर्घटनामा परि ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुृर्घटनामा सबै मृतकको सनाखत भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका छन् ।
मृत्यु हुनेहरुमा ४५ वर्षीय मोहम्द सफीर, १८ वर्षीय मोहम्द बसिर, शैल्यशिखर नगरपालिका ९ नकतड का ४५ वर्षीय दिलिप विष्ट, ३० वर्षीय वीरेन्द्र रावल, उनकी श्रीमती २८ शान्ति रावल, शैल्यशिखर ५ बस्ने ४० वर्षीया मिना लेखक, बैतडीको डिलासैनी गाउँपालिका ५ नगराउँका १५ वर्षीय सुदिप बोहरा र ५० वर्षीय वीरेन्द्र बोहरा रहेका छन् ।
दुर्घटनामा जिप चालक मालिकार्जुन गाउँपालिका ८ पस्तीका ३० वर्षीय सुनिल जोशीसहितका ५ जना घाइते छन् ।
बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *