भारतको महाराष्ट्रमा रेल दुर्घटना हुँदा कम्तिमा ११ जनाको मृत्यु,५० बढी घाइते

एक्सप्रेसमा आगो लागेको अफवाहका कारण यात्रुहरू ट्रेनबाटी फाल हालेपछि र अर्को लिकमा आइरहेको रेलमा पर्दा उनीहरूको मृत्यु


९ माघ, काठमाडौं । भारतको महाराष्ट्रमा रेल दुर्घटनाबाट कम्तिमा ११ जनाको मृत्यु भएको छ । कम्तिमा ५० भन्दा बढी घाइते भएका छन् ।

लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको अफवाहका कारण यात्रुहरू ट्रेनबाटी फाल हालेपछि र अर्को लिकमा आइरहेको रेलमा पर्दा उनीहरूको मृत्यु भएको घटना भएको थियो ।

भारतीय सञ्चारमाध्यमहरूले जनाएअनुसार पुष्पकल एक्सप्रेसको बी ४ बोगीमा विजुली सर्ट भएको थियो । त्यसलाई ट्रेनमा आगो लागेको भन्ने ठानेर केही यात्रुले ट्रेनलाई आकस्मिक रूपमा रोक्न चेन तानेका थिए । लगत्तै ट्रेन ट्र्याकबाट बाहिरिएको थियो ।

यसबीच यात्रुहरू ट्रेनबाटै हाम फालेकाले क्षति पुगेको अधिकारीहरूले बताएका छन् । उनीहरू हामफालेको तर्फ पनि अर्को ट्र्याक थियो । जहाँ अर्कोतर्फबाट कर्नाटक एक्सप्रेस आइरहेको थियो ।

दुर्घटनामा केही नेपाली पनि परेको बताइएको छ । तर, यसको पुष्टि हुन सकेको छैन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *