क्रोएसिया पठाउने नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ

पक्राउ परेकी दर्लामीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको छ


११ माघ, काठमाडौं । क्रोएसिया पठाउने नाममा ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेको महारभारत गाउँपालिका–२ का ४० वर्षीया लालिमा या दर्लामी छिन् ।उनले क्रोएसिया पठाउने भन्दै एक जनाबाट ५ लाख ७५ हजार रुपैयाँ ठगी गरेको आरोप छ । पक्राउ परेकी दर्लामीलाई कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालय पठाइएको छ ।

उनलाई काठमाडौं  उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *