ट्रम्पविरुद्ध अनुसन्धान गर्ने १२ अधिकारी बर्खास्त

यी अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए


१५ माघ, काठमाडौं । अमेरिकामा डोनाल्ड ट्रम्प प्रशासनले ट्रम्पविरुद्ध अनुसन्धान गर्ने न्याय विभागका १२ अधिकारीहरूलाई बर्खास्त गरेको छ।

न्याय विभागका एक अधिकारीले कार्यवाहक महान्यायाधिवक्ता जेम्स म्याकहेनरीले यी अधिकारीहरूलाई बर्खास्त गर्ने निर्णय गरेको जनाएका बीबीसी समाचारमा उल्लेख छ। यी अधिकारीहरूले ट्रम्पविरुद्ध अनुसन्धान गरेका थिए।

यी अधिकारी राष्ट्रपति ट्रम्पको एजेन्डा पूर्ण इमानदारीका साथ कार्यान्वयन गर्न सक्षम नभएको उनको आरोप छ।

यसैबीच ट्रम्पले थप तीन कार्यकारी आदेशमा हस्ताक्षर गर्ने सम्भावना छ।

यी आदेशहरू सेनामा ट्रान्सजेन्डरहरूको भर्ती, कोभिड खोप लिन अस्वीकार गर्ने सैनिकहरूको पुनर्बहाली, र विविधता, समानता र समावेशी योजनासँग सम्बन्धित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *