कुम्भ मेलामा भागदौड : १४ जनाको मृत्यु, ५० बढी घाइते

१४ वटा शव पोस्टमार्टमको लागि स्वरूप रानी अस्पतालमा ल्याइएको दैनिक भास्करमा उल्लेख छ


१६ माघ, काठमाडौं । भारतको प्रयागराजमा भइरहेको कुम्भमेलामा भागदौड मच्चिँदा १४ जनाभन्दा बढीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुमा ५० जनाभन्दा बढी भक्तजन घाइते भएका उल्लेख गरिएको छ।

१४ वटा शव पोस्टमार्टमको लागि स्वरूप रानी अस्पतालमा ल्याइएको दैनिक भास्करमा उल्लेख छ। यद्यपि प्रशासनले मृत्यु वा घाइतेहरूको संख्याको बारेमा कुनै जानकारी दिएको छैन।

भागदौड पछि प्रशासनको अनुरोधमा सबै १३ अखाडाहरूमा नै आज हुने मौनी अमावस्या(औंसी)को अमृत स्नान रद्द गरेका थिए। यसपछि अखाडाहरूले बैठक गरेर अहिले बिहान १० बजेपछि अमृत स्नान गर्ने निर्णय गरिएको छ। प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले फोनमा मुख्यमन्त्री योगीसँग घटनाको बारेमा सोधपुछ गरेको जनाइएको छ।

अहिले अधिकारीहरूले हेलिकप्टरबाट महाकुम्भको निगरानी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *