लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन गोली प्रहार, एकजना घाइते

गोली प्रहार गर्दा एक राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागेको


१८ माघ, काठमाडौं । लागुऔषध नियन्त्रणमा लिने क्रममा अवरोध भएको भन्दै प्रहरीले गोली हानेर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। नवलपरासी रामग्राम नगरपालिका–१२ पचगाँवका ५२ वर्षीय राजेश लोनियालाई बिहीबार राति प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो।

लोनियाको घरमा लागु औषध बिक्री बितरण भइरहेको भन्ने सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट विहीबार बेलुकी आठ बजेतिर एक टोली खटिएको थियो । उनलाई नियन्त्रणमा लिन खोज्दा अचानक प्रहरी माथि समेत आक्रमण गर्न आएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।

लोनियालाई नियन्त्रणमा लिन चार राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ। गोली प्रहार गर्दा एक राउण्ड राजेश लोनियाको बायाँ साप्रामा लागेको प्रहरीले बताए ।

लोनियालाई प्रहरीकै गाडीमा राखेर उपचारका लागि जिल्ला अस्पताल परासीमा पठाइएको छ । लोनियाको अवस्था मध्यम छ । उनी बोल्न सक्ने अवस्थामा छन् । लागु औषध किनबेचमा संलग्न अर्का १ जना व्यक्ति भने फरार रहेको प्रहरीको भनाइ छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *