रवि लामिछानेले दिए सभामुखलाई सांसद पदबाट निलम्बन फुकुवा गरिदिन भन्दै निवेदन
अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ

१८ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित सांसद सभापति रवि लामिछाने निलम्बन फुकुवाको माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिएका छन् ।
अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको निवेदनमा उल्लेख छ ।
रास्वपाकी सांसद सोबिता गौतमका अनुसार सांसद पदबाट निलम्बन फुकुवाको माग निवेदनमा गरिएको छ ।
केहिबेरअघि लामिछाने सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनको कार्यकक्षमा पुगेका थिए ।
लामिछानेलाई संसद् सचिवालयले गत पुस ८ गते सांसद् पदबाट निलम्बन गरेको थियो । उनी उनीमाथि लागेको सहकारी ठगीको मुद्दा जिल्ला अदलातमा विचाराधीन छ । पर्सामा अझै अनुसन्धान भइरहेको छ ।