युएसएआइडीलाई बन्द गर्न राष्ट्रपति ट्रम्प सहमत

राष्ट्रपति ट्रम्पले युएसएआइडीलाई पागलद्वारा सञ्चालित संस्थाको रूपमा चित्रण गरेको उनको भनाइ छ


२२ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी)लाई बन्द गर्न राजी भएको खुलासा भएको छ। राष्ट्रपति ट्रम्पका सल्लाहकारसमेत रहेका अर्बपति एलन मस्कले उक्त कुरा खुलासा गरेका हुन्।

राष्ट्रपति ट्रम्पले युएसएआइडीलाई पागलद्वारा सञ्चालित संस्थाको रूपमा चित्रण गरेको उनको भनाइ छ। मस्कले पनि युएसएआइडीलाई ‘आपराधिक संगठन’ भएको बताए।  युएसएआइडी एक आपराधिक संगठन हो, ‘ मस्कले आफ्नो एक्स प्लेटफर्ममा उल्लेख गरेका छन्। उनले युएसएआइडीलाई ‘दुष्ट सिआइए काम’मा संलग्न भएको आरोप पनि लगाए।

‘युएसएआइडीका सन्दर्भमा मैले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विस्तृत छलफल गरेको छ। उहाँले यो एजेन्सलाई बन्द गर्ने विषयमा सहमति जनाउनुभएको छ,’ मस्कले पत्रकार सम्मेलनमा भने। ‘के तपाईंलाई थाहा छ, युएसएआइडीले तपाईँको कर प्रयोग गरेर कोभिड–१९ जस्ता जैविक हतियारसम्बन्धी अनुसन्धानलाई पोषण गर्‍यो। जसले लाखौं मानिसको ज्यान लियो?,’ उनले एक्समा भनेका छन्।

यस विषयमा राष्ट्रपति ट्रम्पले पनि युएसएआडीको भविष्यबारे निर्णय गर्ने बताए। उनले मस्कको तारिफ गर्दै भने, ‘मस्कले राम्रो काम गरिरहेको महसुस गरेको छु।’ उनले युएसएआइडीलाई कट्टरपन्थी पागलहरूको समूहले सञ्चालन गरेको आरोप लगाए। ‘हामीले उनीहरूलाई बाहिर निकाल्दैछौं, त्यसपछि यसको भविष्यको बारेमा निर्धारण गर्छौं,’ ट्रम्पले भनेका छन्।

राष्ट्रपतिमा सपथ लिएपछि ट्रम्पले वैदेशिक सहायतालाई तीन महिनाका लागि रोकेका छन्। खाद्यान्न र अन्य मानवीय सहायतालाई भने जारी राख्न छुट दिइएको छ। युएसएआइडीले विश्वभर मानवीय राहत र विकास सहायताका लागि ४२ अर्ब ८० करोड डलरको बजेट व्यवस्थापन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *