सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एकैदिन २२ सयले बढ्यो
सुन आज २२ सयले बढेर एक तोला सुनको मूल्य १ लाख ६६ हजार ९०० पुगेको छ
२३ माघ, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ। अघिल्लो दिन मंगलबार १९ सय रुपैयाँले बढेको सुन आज २२ सयले बढेर एक तोला सुनको मूल्य १ लाख ६६ हजार ९०० पुगेको छ।
सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ। आज प्रतितोला चाँदी १९७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार प्रतितोला चाँदी १९३० रुपैयाँमा खरिदबिक्री भएको थियो।