१३ वर्षपछि अफगानिस्तानविरुद्ध नेपालको जित
१ मंसिर, काठमाडौं । नेपालले फिफा विन्डोअन्तर्गत खेलिएको त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा शनिबार अफगानिस्तानलाई २–० गोलले पराजित गरेको छ । दुई मैत्रीपूर्ण खेलका लागि ताजिकिस्तानमा रहेको नेपाली फुटबल टोलीले दोस्रो खेलमा जित हासिल गरेको हो ।
पछिल्लो पटक सन् २०११ मा नेपालले अफगानिस्तानलाई १–० ले हराएको थियो । तेसको १३ वर्ष पछि अफगानिस्तानलाई मैत्रीपूर्ण खेलमा पराजित गरेको छ ।
खेलको पहिलो हाफमा बराबरी टुंगिएको थियो दोस्रो हाफमा भने नेपालले दुइ गोल गर्दै जित सुनिस्चत गरेको हो । नेपालको तर्फबाट जिलेस्पीजंग कार्की र रोहित चन्दले एक–एक गोल गरे ।
नेपालका मुख्य प्रशिक्षक नवीन न्यौपानेले फिफा वरीयतामा आफूभन्दा माथिको टिमविरुद्ध सुझबुझका साथ खेलेकाले जित निकाल्न सफल भएका बताए । उनले भने अफगानसँग उत्कृष्ट प्रदर्शन गर्दै विरासत कायम राखेर सकारात्मक नतिजा निकाल्न चाहन्थ्यौं । त्यसमा सफल भएका छौं ।