प्रकृतिको मृत्युबारे छानबिनका लागि कूटनीतिक पहल गर्न राष्ट्रिय सभाले सरकारलाई गरायो ध्यानाकर्षण

विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ लाई विश्वविद्यालयले आत्महत्या भनेको थियो


६ फागुन, काठमाडौं। राष्ट्रियसभाले भारतको ओडिसास्थीत एक कलेजमा प्रकृति लम्सालको मृत्यु भएकाबारे छानबिनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरुले प्रकृति ६ फागुन, काठमाडौं। लम्सालको मृत्यु घटनामा सरकारको ध्यानाकर्षण गराएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त घटनामा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिनका कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले उक्त घटनामा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । साथै उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित वातावरणमा नीर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई उनले आग्रह गरे।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीहरूले छानविनको माग गर्दा कलेजबाटै निकालेको भन्दै कूटनीतिक पहलमार्फत छानबिन गर्न माग गरेका थिए ।

त्यस्तै राष्ट्रियसभा सदस्य कृष्ण बहादुर रोकायाले प्रकृति लम्सालको मृत्युका बारेमा फरकफरक धारणा बाहिर आएको भन्दै यस घटनामा कलेजले ट्वीस्ट गर्न खोजेको बताए । उक्त घटनाको छानविनका लागि तत्काल पहल गर्न उनले माग गरे ।

त्यस्तै अन्य सदस्यहरुले नेपाली विद्यार्थीमाथि भएको दमन रोक्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन तत्काल कूटनीतिक पहल गर्न आग्रह गरेका थिए ।

विटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको शंकास्पद ‘मृत्यु’ लाई विश्वविद्यालयले आत्महत्या भनेको थियो। तर, विद्यालय प्रशासनको भनाइप्रति विद्यार्थीहरू आक्रोशित बन्दै उक्त घटनाको छानबिनको माग गर्दै प्रदर्शन गरेका थिए। त्यस लगत्तै ठूला संख्यामा नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाट निकालिएको थियो।

विश्वविद्यालयकै कर्मचारी दूर्व्यवहार गरेको भिडियो पनि स्पष्ट देखिन्छ। विद्यार्थीमाथि ज्यादती गरिएको भन्दै नेपाल र भारतमा चौतर्फी आलोचना भएपछि फर्काउन पहल गरिएको हो। आलोचना र दबाब बढ्दै जान थालेपछि उक्त घटनालाई लिएर आज प्रशासनले कारबाही प्रक्रिया अगाडि बढाएको छ।

सोही विश्वविद्यालयमा अध्ययरत भारतीय विद्यार्थीको दुर्व्यवहारका कारण छात्रा लम्सालको मृत्यु भएको नेपाली विद्यार्थीहरूको आरोप थियो। नेपाली विद्यार्थीको प्रदर्शनप्रति विश्वविद्यालय प्रशासन उल्टै आक्रोशित बनेको थियो। ठूला संख्यामा नेपाली विद्यार्थीलाई रातारात विश्वविद्यालयबाट निकालियो। रेल स्टेसनमा लगेर अलपत्र पारियो। दुर्व्यवहार गरी सयौं विद्यार्थीलाई घर फिर्ता जान प्रशासनले जबर्जस्ती गरेको विद्यार्थीहरूको गुनासो छ। सो विश्वविद्यालयमा करिब १२ सयको हाराहारीमा नेपाली विद्यार्थी अध्ययनरत रहेको अनुमान छ। विश्वविद्यालयले फिर्ता गर्ने भने पनि नेपाली विद्यार्थीहरूमा त्रास कायमै छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *