कीर्तिपुरको मेयरमा डा. बाबुराम नेतृत्वको नेसपाका महर्जनको उम्मेदवारी दर्ता


२ मंसिर, काठमाडौं । डा.बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी (नेसपा) का दिलकुमार महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

महर्जनले यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज पहिलो नम्बरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा. सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन उम्मेदवार छन् ।

अन्य राजनीतिक दलका उम्मेदवारहरू पनि उम्मेदवारी दर्ता गर्न आउने क्रम सुरु भएको छ ।

आगामी मङ्सिर १६ गते बिहान ७ देखि ५ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *