अन्तर्राष्ट्रिय महिला च्याम्पियनसीपमा आज नेपाल भर्सेस लेबनान
८ फागुन, काठमाडौं । आयोजक नेपालले महिला च्याम्पियनसीपमा आज लेबनानको सामना गर्दैछ । दशरथ रंगशालामा जारी प्रतियोगितामा नेपाल र लेबनानको खेल साँझ ६ बजे हुनेछ ।
पहिलो खेलमा कीर्गिस्तानविरुद्ध १–० को जित निकालेको नेपाल दोस्रो खेलमा पनि जितको लय कायम राख्न चाहन्छ। पहिलो खेलमा नेपालले फिनिसिङमा धेरै गल्ती गरेपछि साँघुरो जितमा चित्त बुझाउनु परेको थियो।
यता लेबनानले भने अघिल्लो खेलमा म्यानमारसँग ३–१ को हार ब्यहोरेको थियो । आजको खेलमा पनि पराजित भए लेबनानको फाइनल पुग्ने सम्भावना समाप्त हुने भएकोले उसलाई जितको दबाब रहेको छ ।
आज दिउँसो २ बजे हुने खेलमा म्यानमारले कीर्गिस्तानसँग खेल्ने तालिका छ।