दिल्लीको मुख्यमन्त्री रेखा गुप्ता


९ फागुन, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) की विधायक रेखा गुप्ताले बिहीबार दिल्लीको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेकी छन्। शपथ ग्रहण समारोहमा प्रधानमन्त्री मोदीका अलावा भाजपाका अन्य नेताहरू पनि उपस्थित भएका थिए।

समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, संघीय गृहमन्त्री अमित शाह, युनियनमन्त्री जेपी नड्डा, रक्षामन्त्री राजनाथ सिंहलगायत भारतीय जनता पार्टीका शीर्ष नेता, अन्य राज्यका मुख्यमन्त्री र उपमुख्यमन्त्रीहरू उपस्थित थिए। दिल्लीको रामलीला मैदानमा आयोजित एक समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

समारोहमा भाजपाका प्रवेश बर्मा, मनजिन्दर सिंह सिरसा, रवीन्द्र इन्द्रराज सिंह, आशिष सूद, कपिल मिश्रा र पंकजकुमार सिंहले मन्त्रीपदको शपथ लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *