महाशिवरात्रि मनाउन पशुपति आइपुगे साधु शन्तहरू

पछिल्लो समय पशुपति क्षेत्र आसपासमा देश विदेशबाट आउने साधुहरुको संख्या बढ्दै छ।


१२ फागुन,  काठमाडौं  । महाशिवरात्रीका विभिन्न विशेषतामध्ये साधुशन्त पनि एक हुन् । विशेषगरी काठमाडौंको पशुपतिनाथमा मुलुकभित्रबाट मात्र नभई भारतलगायतका देशबाट आउने साधुसन्तहरुको संख्या पनि उल्लेख्य हुने गरेको छ ।

महाशिवरात्री नजिकिएसँगै शिवरात्रीका लागि साधुहरू पशुपति आइपुगेका छन्। बुधबार रहेको महाशिवरात्रीमा पशुपतिको दर्शन गर्नका लागि विभिन्न स्थानबाट साधुहरु काठमाडौंस्थित पशुपति मन्दिर आएका हुन्।

पछिल्लो समय पशुपति क्षेत्र आसपासमा देश विदेशबाट आउने साधुहरुको संख्या बढ्दै छ।

शिवरात्री पर्वको लागि पशुपतिको मन्दिरभित्र साधुहरु प्रवेश गर्दै छन्। पशुपति मन्दिर भित्र प्रवेश गर्ने साधुहरुले आज पशुपति क्षेत्र आसपासमा र्‍याली निकालेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *