नेपालले पायो ७६ रनको सामान्य लक्ष्य

नेपालका लागि पूजा महतोले सर्वाधिक ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले २ विकेट लिइन्।


२५ फागुन, काठमाडौं । वुमन्स डे कप २०२५ अन्तर्गतको दोस्रो खेलमा युगान्डाले नेपाललाई ७६ रनको लक्ष्य दिएको छ। टस जितेर फिल्डिङ गरेको नेपालले निर्धारित २० ओभरमा युगान्डालाई ७५ रनमा सीमित गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम युगान्डाका लागि ओपनर इमाकुलेट नाकिसुयीले सर्वाधिक २२ रन बनाइन्। मालिसा आरिओकोटले ११ रन, स्टेफेन नाम्फिनाले १४ रन बनाउँदा अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३ विकेट लिइन्। कप्तान इन्दु बर्माले २ विकेट लिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *