प्रधानमन्त्री ओलीले पूर्वराजालाई भने– राजनीतिमा आउने भए ‘यू आर वेलकम’

पूूर्वराजाले गरेको भाषण सुनेर आफू छक्क परेको बताएका प्रधानमन्त्रीले ‘आफूूलाई साथ देऊ भनेर के भन्न खोजेको’ भन्दै प्रश्न समेत गरेका छन् ।


२५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिमा आउन चुनौती दिएका छन । आइतबार सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वराजा शाहको नामै लिएर राजनीतिमा आए स्वागत गर्न भने तयार रहेको उनको भनाइ छ ।

‘फागुन ६ गते पूर्व राजाको कुरा सुन्दा अचम्म लाग्यो । मलाई साथ दिनुस, म आउछु, देश बनाउछु, देश के भएको छ ? प्रधानमन्त्री ओलीले भने । ‘यस्ता अस्थिरताका क्रियाकलापहरुले, अराजकताका क्रियाकलापहरुले देशलाई सभ्य ढंगले, सुसंस्कृत ढंगले अगाडि बढन दिदैन ।’

पूूर्वराजाले गरेको भाषण सुनेर आफू छक्क परेको बताएका प्रधानमन्त्रीले ‘आफूूलाई साथ देऊ भनेर के भन्न खोजेको’ भन्दै प्रश्न समेत गरेका छन् ।

‘अहिले संविधान नमान्ने, लोकतन्त्र नमान्ने, कानुन नमान्ने, प्रणाली नमान्ने, अनौठो प्रवृत्ति देखा पर्न थालेको छ । ६ फागुनको साँझ पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन सुनेर छक्क लाग्यो,’ ओलीले भने, ‘संविधानको पनि कुरा गर्नु हुन्न, कानुनको कुरा गर्नु हुन्न, लोकतन्त्र, प्रणालीको कुरा गर्नु हुन्न, प्रक्रियाको कुरा गर्नु हुन्न मलाई साथ दिनुहोस् म आउँछु देश बचाउँछु । देश के भएको छ ?’

ओलीले पूर्व राजालाई राजनीति आए स्वागत गरिने बताए । ‘अराजनीतिमा आउने की राजनीतिमा ? राजनीतिमा आउने हो भने युआर वेलकम । स्वागत छ । उमेदवार हुनुहुन्छ साथ माग्न हुनुहुन्छ, मजाले माग्न पाईन्छ । तर अराजनीतिक कुरा गरेर देशमा अस्थिरता ल्याउन पाईदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *