लामिछाने रुपन्देही अदालत हाजिर, अर्को तारेख ०८२ साल २३ वैशाखमा
उनले सोमबार रविको तारेख परेको र सोही तारेख बुझ्न अदालतमा उपस्थित भएको पनि बताए ।

२६ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले २०८२ साल वैशाख २३ गते अर्को तारेख दिएको छ ।
बुटबलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको थुनछेक बहसपछि एक करोड धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पहिलो तारेख बुझ्न आज रुपन्देही जिल्ला अदालत पुगेका थिए ।
अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले अर्को तारेख २३ वैशाखलाई दिइएको जानकारी दिए । उनले सोमबार रविको तारेख परेको र सोही तारेख बुझ्न अदालतमा उपस्थित भएको पनि बताए ।
जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो ।