गुल्मीमा एक पुरुष मृत फेला

सोमबार बिहान कच्ची मोटरबाटोमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।


२६ फागुन, काठमाडौं । गुल्मीमा एक जना पुरुष मृत फेला परेका छन् ।

जिल्लाको इस्मा गाउँपालिका– ६ बुल्म निवासी ४३ वर्षको नारायण कुमाल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सोमबार बिहान कच्ची मोटरबाटोमा मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमान्डमा प्रहरी खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *