मुकुलको दाबी: रविले भित्री रूपमा देउवा र ओलीसँग सम्झौता गरिसके
ढकालले यसलाई पुरानो सम्झौतासँग जोड्दै भने, "पहिले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पासपोर्ट काण्डमा यस्तै सम्झौताहरू भएको थियो ।

२६ फागुन, काठमाडौं । सभापतिरवि लामिछानेले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीसँग गुप्त सम्झौता गरेको निलम्बित महामन्त्री मुकुल ढकालले आरोप लगाएका छन् ।
सोमबार फेसबुकमार्फत एक पोस्टमा ढकालले भने, “रवि दाइले भित्री रूपमा देउवा र ओलीसँग सम्झौता गरेका छन् ।” उनले थपे, “यस सम्झौताले मुद्दा कमजोर बनाइदिने र राजतिर भड्किएको जमातलाई फेरि आफूतिर तानेर राजावादी मोर्चालाई कमजोर बनाउने योजना बनाएको देखिन्छ ।”
ढकालले यसलाई पुरानो सम्झौतासँग जोड्दै भने, “पहिले पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी पासपोर्ट काण्डमा यस्तै सम्झौताहरू भएको थियो । अब रवीन्द्र मिश्रजस्तै मार्ग परिवर्तन गरी राजाको पक्षमा लाग्ने रणनीति तयार गर्दैछन् ।”