विश्वभरका शेयर बजारमा गिरावट,अमेरिकामा आर्थिक मन्दीको चिन्ता

तर ट्रम्पले भने उक्त बयानपछि अर्थतन्त्रको बारेमा अन्य कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन्।

२७ फागुन, काठमाडौं । अमेरिकामा आर्थिक मन्दीको चिन्ताका बढिरहेको समयमा विश्वका अन्य देशका शेयर बजारमा गिरावट आएको छ।

यसले एसियाली शेयर बजारमा पनि गिरावट आएको बीबीसी समाचारमा उल्लेख छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो भन्सार करले अर्थतन्त्रमा समस्या निम्त्याउन सक्ने सम्भावनालाई प्रत्यक्ष रुपमा अस्वीकार गरेका छैनन्।

ट्रम्पलाई सम्भावित मन्दीको चिन्ताको बारेमा सोधिएको थियो। जवाफमा ट्रम्पले अमेरिकी अर्थतन्त्र संक्रमणको चरणबाट गुज्रिरहेको बताएका थिए। उन सोही टिप्पणीपछि नै अमेरिकालगायतका विभिन्न देशको शेयरबजारमा गिरावट आउन सुरु भएको।

तर ट्रम्पले भने उक्त बयानपछि अर्थतन्त्रको बारेमा अन्य कुनै प्रत्यक्ष टिप्पणी गरेका छैनन्। उनका शीर्ष अधिकारीहरू र सल्लाहकारहरूले लगानीकर्ताहरूलाई नआत्तिन आग्रह गरेका छन्।

मंगलबार शेयर बजार खुल्दा जापानको निक्केई २२५ मा १.७ प्रतिशतले गिरावट आएको थियो। दक्षिण कोरियाको स्टक इन्डेक्स कोस्पी १.५ प्रतिशतले र हङकङको ह्याङसेङ इन्डेक्स ०.७ प्रतिशतले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *