नागार्जुनमा भीषण आगलागी, ठूलाे दमकल नछिर्दा पानी ट्यांकर प्रयोग

ठूलो दमकल नछिर्दा पानी ट्यांकर पनि प्रयोग गरिएको थियो ।


३ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-७ गौतम गाउँको एक घरमा भीषण आगलागी भएको छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा शनिबार राति ९ बजे लागेको आगो नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीको दमकल झिकाइएको थियो ।

बाटो साँघुरो भएका कारण ठूलो दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकलले आगो निभाउन सफल भएको बताइएको छ । ठूलो दमकल नछिर्दा पानी ट्यांकर पनि प्रयोग गरिएको थियो ।

आगलागीबाट मानवीय क्षति नभए पनि अन्न लगायत मालसामान जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणमा आईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *