काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी दुर्घटना

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना

४ चैत, काठमाडौं । काठमाडौंबाट हेटौडा जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी मकवानपुरको इन्द्रसरोवरमा दुर्घटना भएको छ। दुर्घटनामा चारजना घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ।

कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका-३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

गाडीको ब्रेक फेल भइ रोडको बायाँ साइडमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। गाडीमा १७ जना सवारी रहेको र तीमध्ये ४ जना घाइते भएका हुन्। घाइते हुने चारैजना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।

घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *