भावनामा बगेर दोहोरो नागकिरता दिनु हुँदैन : सञ्चारमन्त्री गुरुङ

नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मुलका व्यक्तिलाई मात्रै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उनले बताए ।


४ चैत, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले भावनामा बगेर दोहोरो नागरिकतालाई स्वीकार नगरेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक –२०८१’ माथिको छलफलमा सांसदहरूले राखेको सुझावका विषयमा जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

गैरआवासीय नेपालीलाई नेपाली नागरिकभन्दा फरक तर सहुलियत नागरिकता दिने व्यवस्था गरेको उनको भनाइ थियो ।

नेपाली नागरिकता त्याग गर्न नचाहने गैरआवासीय नेपाली मुलका व्यक्तिलाई मात्रै गैरआवासीय नेपाली नागरिकता दिने व्यवस्था गरिएको उनले बताए ।

उनले भने‘भावनामा नडुबिकन नेपालले अहिलेसम्म दोहोरो नागरिकताको प्रावधानलाई स्वीकारेको छैन नेपाल राज्यले । त्यसकारण हामीले के नबुझौ भने गैरआवासीय नागरिकता प्राप्त व्यक्ति भनेर किन भन्नु परेको रु यो कुरा तपाई हामी यहाँ बसेका सबै माननीयज्यूहरु हुनुहुन्छ, उहाँहरूले प्राप्त गरेको नागरिकता हामीले प्राप्त गरेको जस्तो जनरल होइन,’ ।

‘त्यसकारणले गैरआवासीय नागरिकता त्यस्ता व्यक्तिलाई दिएको छ जो नेपाली मुलको विदेशी नागरिक छ र त्यहीँ बसेको छ, जस्ले हाम्रो नागरिकता त्याग नगर्ने कुरा गरेको छ,’ उनले भने ।

सञ्चारमन्त्री गुरुङले विदेशमा बसेको नेपाली मुलका नेपाली नागरिकलाई दुई वर्षका लागि भिसा सहुलियत दिने व्यवस्था गरिएको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *