काठमाडौंबाट करिब २५ करोड रकमसहित एक जना पक्राउ
प्रहरीले उक्त ट्रकका चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
५ चैत, काठमाडौं । नेपाल प्रहरीको विशेष टोलीले ठूलो परिमाणमा विभिन्न देशका मुद्रा (पैसा) बरामद गरेको छ । २५ करोड रुपैयाँबराबर रकम काठमाडौंबाट बरामद गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
प्रहरीले ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको जनाएको छ । प्रहरीले उक्त ट्रकका चालकसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
बरामद गरिएको रकममा नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत छन् भने थप बिवरण आउन बाँकि रहेको बताइएको छ ।