शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त
शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् ।

६ चैत, काठमाडौं । शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् । चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।
शिक्षक सेवा आयोगको रिक्त सदस्य पदमा पवित्रा सुवेदी र रामशरण सापकोटा नियुक्त भएका छन् । चैत चार गते बसेको मन्त्रिपरिषद बैठकले सुर्खेतकी सुवेदी र मकवानपुरका सापकोटालाई शिक्षक सेवा आयोगको सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नियुक्ति सिफारिसका लागि लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मी तथा सदस्यहरुमा त्रिविका उपकुलपति केशरजंग बराल र शिक्षा मन्त्रालयका सचिव दीपक काफ्ले रहेको समिति गठन गरिएको थियो ।