अर्घाखाँचीको आगलागी, पसलसहित २ घर जलेर नष्ट
घटनामा भएको क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

८ चैत, काठमाडौं । अर्घाखाँचीको सन्धिखर्क १० धरम्पानीमा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन्।
सन्धिखर्क नगरपालिका १० धरम्पानी निवासी बलबहादुर आचार्यको २ घर आज बिहान लागेको आगोले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका निमित्त प्रमुख प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए।
घरमा विद्युत सर्ट भएर आगोलागी भएको थियो । अहिले स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ।
घटनामा भएको क्षतिको विवरण संकलन कार्य भइरहेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।