कोहली र साल्टको अर्धशतकमा बेंगलुरुको विजयी सुरुवात

बैंङ्गलुरूका लागि ओपनर ब्याटर विराट कोहोलीले सर्वाधिक ५९ रन अविजित पारी खेले। उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन्।


१० चैत, काठमाडौं ।इन्डियन प्रिमियर लिग (आइपीएल) मा रोयल च्यालेन्जर्स बैंङ्गलुरूले विजयी सुरुवात गरेको छ। घरेलु मैदानमा कोलकातालाई ७ विकेटले हराउँदै बैंङ्गलुरूले जित निकालेको हो।

शनिबार भएको खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो । कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

कोलकाताको इडन गार्डेनमा टस हारेको कोलकताले २० ओभरमा ८ विकेट गुमाएर १७४ रन बनाएको थियो। कोइकाताले दिएको १७५ रनको विजयी लक्ष्य बैंङ्गलुरूले १६.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

बैंङ्गलुरूका लागि ओपनर ब्याटर विराट कोहोलीले सर्वाधिक ५९ रन अविजित पारी खेले। उनले ३६ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका हुन्।

हिलो विकेटका लागि साल्ट र कोहोलीले ९५ रनको साझेदारी गरेका थिए। देवदत्त पाडिकलले १० रन, कप्तान रजत पटिदारले ३४ रन बनाउँदा लियम लिभिङस्टोन १५ रनमा अविजित भए।

कोलकाताको लागि बलिङतर्फ वैभव अरोरा, वरुण चक्रवर्ती र सुनिल नारायणले समान १∕१ विकेट लिए।

त्यसअघि,ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो।

कोलकाताको लागि कप्तान अजिन्क्य रहनेले सर्वाधिक ५६ रनको अर्धशतकीय पारी खेले। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरेका हुन् ।

ओपनर ब्याटर क्विन्टन डिकक दोहोरो रन नबनाई पेभेलियन फर्किँदा अर्का ओपनर ब्याटल सुनिल नारायणले ४४ रन बनाए।

अङ्गकृत रघुवंशीले ३० रन, रिंकु सिंहले १२ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्कको रन बनाउन सकेनन्।

बैंङ्गलुरू लागि बलिङतर्फ कुणाल पाण्डेले सर्वाधिक ३ विकेट लिए । जोस ह्याजलवुडले २ विकेट लिँदा यश दयाल, रसिक सलाम र सुयस शर्माले समान १∕१ विकेट लिए ।

यस जितसँगै बेंगलुरुले २ अंक जोडेको छ भने नेट रनरेट पनि सुरुवातमै राम्रो हासिल गरेको छ ।

आज दुई खेलहरू हुनेछन् । दिउँसो पौने ४‌ बजे सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्ने छन् भने बेलुकी पौने ८ बजे मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स खेल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *