तीन महिनामा ४ खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो


४ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि असोज सम्ममा चार खर्ब सात अर्ब रूपैयाँ रेमिट्यान्स भित्रिएको छ।

राष्ट्र बैंकले साउन, भदौ र असोजमा रेमिट्यान्समार्फत ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ मुलुक भित्रिएको बताएको हो।

असोज एक महिनामा मात्रै एक खर्ब ४४ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ भने पछिल्लो २२ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

गत आर्थिक वर्षमा भने एक लाख ६२ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष स्वीकृति लिनेको संख्या एक लाख ७० हजार बढी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *