ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु, बाँके तनावग्रस्त
स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ ।

१० चैत, काठमाडौं । बाँकेमा ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ । बाँकेको बेतहनीमा पाटी ट्यांकरको ठक्करबाट विद्यालयबाट फर्किरहेका दाजुभाइ विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको हो ।
स्थानीयले ठक्कर दिने ट्यांकरमा आगजनी गरेका छन् । अहिले बेतहनी क्षेत्र तनावग्रस्त भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको छ ।