मानव तस्करीको आरोपमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारी थप ५ दिन हिरासतमा रहने


४ मंसिर, काठमाडौं । कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी अनुसन्धानका लागि थप ५ दिन हिरासतमा रहने भएका छन् ।

उनि मानव तस्करीको आरोपमा पक्राउ परेका हुन् ।

अधिकारीलाई हिरासतमा राख्न अदालतबाट अनुमति लिएको समय सकिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अधिकारी कात्तिक दोस्रो हप्ता जापान जाँदा असम्बन्धित व्यक्तिलाई पनि लिएर गएपछि छानबिनमा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *