बुद्ध एयरको सिष्टम ह्याक गरेर टिकट बेच्‍ने २ जना पक्राउ

उनीहरूले हालसम्म २० जना यात्रुको हवाइ टिकट काटिसकेको तर पैसा नदिएको उजुरी आएपछि घटना बाहिर आएको हो ।


११ चैत, काठमाडौं । बुद्ध एयरको सिष्टम ह्याक गरी अवैधानिक रुपमा टिकट बेचेको आरोपमा २ जनालाई पक्राउ गरेको छ ।

मोरङ रंगेली घर भई हाल काठमाडौंको तारकेश्वर-९ बस्‍ने ४५ वर्षीय विकास भारती र गोरखाको अजिरकोट घर भई हाल तारकेश्वर-४ बस्‍ने ३७ वर्षीय बाबुराम अधिकारी पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रवक्ता काजी कुमार आचार्लयका अनुसार उनीहरूले गैर कानुनी रुपमा हवाइ टिकटहरू बनाइ अवैध लाभ लिएको उजुरी परेपपछि आइतबार बत्तीसपुतलीबाट पक्राउ गरेको हो ।

उनले भने, ‘ भारतीयको रोहबरमा रहेर यी दुई नेपालीहरूले बुद्ध एयरको सिष्टम ह्याकर गरेर यात्रुहरूको १५ दिनदेखि अवैध रुपमा टिकट काट्‍दै र पैसा राख्‍ने गरेका रहेछन्।’

एसपी आचार्यका अनुसार उनीहरूले हालसम्म २० जना यात्रुको हवाइ टिकट काटिसकेको तर पैसा नदिएको उजुरी आएपछि घटना बाहिर आएको हो ।

पक्राउ परेका उनीहरूमाथि विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *