डेढ करोड बैंकिङ कसुर मुद्दाका प्रतिवादी विजय लम्साल समातिए

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।


१२ चैत, काठमाडौं । करिब डेढ करोड रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–३१ का ४० वर्षीय विजय लम्साल पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनीविरुद्ध खगेन्द्रबहादुर सोपले बैंकिङ कसुरको जाहेरी दिएका थिए । उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा १ करोढ ४९ लाख ५० हजार रुपैयाँ बराबरका चार वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *