इटहरीको सेन्ट्रल प्लाजामा फसेकाहरूको हेलिकोप्टरबाट उद्दार सुरू

प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् ।


१३ चैत, काठमाडौं । इटहरीको मुख्य चोकमा सञ्चालनमा रहेको व्यवसायिक भवन सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा आएको छैन। प्लाजामा फसेकाहरूको हेलिकोप्टरबाट उद्दार सुरू गरिएको छ। उद्दार गरिएकालाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी लगिएको छ।

सेन्ट्रर प्लाजाको पाचौं तलाबाट सुरू भएको आगो अन्य स्थानमा पनि फैलिएको छ। प्लाजामा भएको आगलागीमा फसेका १६ जनाको उद्धार गरिएको छ । उद्धार हुनेहरुमा ११ पुरुष र ५ महिला छन् ।

आगलागी नियन्त्रणका लागि चारवटा दमकल र सयौं प्रहरी परिचालन गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए। सेन्टर प्लाजामा होटल बरण्डा, फिलिम हल, लक्ष्मी सनराइज बैंकलगायत दर्जनौं व्यवसाय सञ्चालनमा रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *